नियम ८
छात्रावासमा बस्ने अधिकारको कुरा नभएको
(१) यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि छात्रावासमा भर्ना हुन, बस्न खान वा एक पटक भर्ना भएपछि छात्रावासमा रही रहन कुनै विद्यार्थीको अधिकारको कुरा हुने छैन ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी खासगर देहायको अवस्थामा कुनै व्यक्ति छात्रावासमा भर्ना हुन वा रहीरहन पाउने छैनः–
(क) विद्यार्थी नरहेमा,
(ख) कुनै उपाधि, डिप्लोमा, प्रमाणपत्रको परीक्षा दिईसकेकोमा सो दिईसकेको सात दिन पछि,
(ग) पढिरहेको विद्यालय महाविद्यालय वा कुनै परीक्षाबाट अवधि तोकी वा सबैको लागि निष्काशित भएमा चौबीस घण्टा पछि,
(घ) पढिरहेको विद्यालय, महाविद्यालय लामो विदाको वा कुनै कारणले लामो अवधिको लागि बन्द भएमा,
तर त्यस्तो अवस्थामा समितिले कुनै विद्यार्थीलाई कुनै परीक्षाको तैयारीको लागि छात्रावासमा बस्न दिन सक्नेछ ।
(ङ) छात्रावासमा बस्ने कुनै विद्यार्थीको पाहुनाको रुपमा । तर सुपरीवेक्षकले कुनै विद्यार्थीलाई बढीमा तीन दिनसम्म पाहुना राख्न दिन सक्नेछ । त्यसरी राखिएको पाहुनाले छात्रावासको नियम पालन गर्नु पर्छ र सुपरीवेक्षकले भनेको बेलामा छात्रावास छाडी जानु पर्छ ।